होस् शान्त अष्ट्रेलिया
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

ज्वाला माथि उठेर चट्चट गरी , जल्दैछ अष्ट्रेलिया
प्राणी बोट असङ्ख्य पट्पट गरी , बल्दैछ अष्ट्रेलिया
मानौं एक कुनै महा प्रलय को , आगो छ बढ्दो त्यहाँ
लाखौं जीव घना वनस्पति जगत् झाडी छ डढ्दो त्यहाँ
 
हाहाकार हुँदो छ घोर अहिले , चारैदिशा अग्नि छ
सीमातीत हुँदो छ शोर अहिले , चारैदिशा अग्नि छ
ह्वाँ ह्वाँ गुञ्जिरहेछ मृत्यु - नगरा , आपात मा देश छ
सारा सल्किरहेछ जीवन जगत् , विस्मात मा देश छ
 
सल्केको छ धुवाँ बनी वन उहाँ ,के पो गरोस् यो कवि
बल्केको छ पिलो बनी मन यहाँ , के पो गरोस् यो कवि
सक्ने देशहरू मिलेर सब ले , आगो निभाए हुने
बोकी वारुण - यन्त्र बाट जल ले , ज्वाला बुझाए हुने
 
आगो ले न त भन्छ यो हरिण हो कङ्गारु हो पोल्दिनँ
आगो ले न त भन्छ यो शहर हो , यो गाउँ हो निल्दिनँ
जे जे देख्दछ सामु लप्लप गरी , चाटेर रित्त्याउँछ
बन्दै काल कराल ताण्डव गरी , नाचेर सिद्ध्याउँछ
 
आगो बाट हराभरा प्रकृति नै , जल्दो छ जल्दो छ झन्
हात्ती बाघ चिता चरा प्रभृति नै , डढ्दो छ डढ्दो छ झन्
यो आपत्ति छिटो नियन्त्रित बनोस् , होस् शान्त अष्ट्रेलिया
सारा देश मिलून् र निर्भय गरून् , होस् कान्त अष्ट्रेलिया

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016