चाहे दिऔं भ्यागुतो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

उल्लू छन् जनता सदैव सहने , हामी गरौं मोज नै
बुद्धू छन् जनता व्यथा नकहने , खाई बसौं भोज नै
मौका फेरि यहाँ यसै किसिम को , मिल्ला नमिल्ला भरे
भेट्दा अङ्गुलि , निल्नुपर्छ डुँडुलै , मोटो हुने नै भए
 
हाम्रै छन् हनुमान् यहाँ दश दिशा , लेख्ने र पढ्नेहरू
हाम्रै पुच्छर छन् सबै तिर यहाँ , जान्ने र बुझ्नेहरू
बाझ्लान् भोलि निरीह दीन जनता , बाझेर के हुन्छ र ?
नाच्लान् ताण्डव नृत्य ती सडक मा , नाचेर के हुन्छ र ?
 
शिक्षाविद् अनि पत्रकार जति छन् , ती दास हाम्रै त हुन्
सीमाविद् अनि चाटुकार जति छन् , ती खास हाम्रै त हुन्
व्यापारी व्यवसाय - मालिकहरू , हाम्रै त हुन् नोकर
जो छन् बौद्धिक ती नपुंसकहरू , हाम्रै त हुन् जोकर
 
आँधी ल्याउन को यहाँ छ तगडा , हाम्रो विरोधी बनी ?
को घन्काउन सक्छ ढोल - नगडा , हाम्रो विरोधी बनी ?
सारा क्रान्ति दबाउने बल गरी , छन् हेकडी नौ थरि
बोली बन्द गराउने छल गरी , छन् है कडी सौ थरि
 
हाम्रा नीति जहाँतहाँ सफल छन् , के गर्न सक्ला र को ?
छन् संयन्त्र र चाल जाल हल छन् , के नाप्न सक्ला र को ?
माछो दिन्छु सदैव भन्नु छ यहाँ , चाहे दिऔं भ्यागुतो
पीडा हर्छु र लिन्छु भन्नु छ यहाँ , चाहे बढाऔं लुतो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016