१०८ नाम द्वारा भगवान् शिव को स्तुति
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

पार्वतीप्रिय ! उमापति ! शूली !
चन्द्रशेखर ! महेश ! त्रिशूली !
नाम यी स्मरण नित्य गरूँ म !
भक्त भै भुवन मा बिचरूँ म !!
 
वैद्यनाथ ! त्रिपुरारि ! त्रिनेत्र !
विश्वनाथ ! मदनारि ! सुरेन्द्र !
सूर्यतापन ! गुणाकर ! गोप्ता !
कामशासन ! पुरातन ! भोक्ता !
 
व्योमकेश ! शिव ! शम्भु ! सुरेश !
नन्दराज ! नटराज ! नगेश !
नीलकण्ठ ! भव ! सङ्कटहारी !
आशुतोष ! कवची ! विषधारी !
 
उग्र ! अव्यय ! अनादि ! अनन्त !
वीरभद्र ! अज ! शङ्कर ! सन्त !
छन् पवित्र शिव का शुभ नाम
मन्त्र - जाप म गरूँ अविराम
 
वामदेव ! शितिकण्ठ ! कपाली !
भूतनाथ ! भगवान् ! भयहारी !
सूत्रकार ! सुधि ! सौम्य ! विशाख !
चित्रवेष ! वृषवाहन ! शाख !
 
आदिनाथ ! जगदीश ! अनीश !
प्राणनाथ ! गणनाथ ! उमेश !
हुन् विशुद्ध प्रभु का निज नाम !
जप्छ जो अभय बन्छ तमाम !
 
मङ्गलेश्वर ! सदाशिव ! शान्त !
सङ्गमेश्वर ! दयानिधि ! कान्त !
वीतराग ! दम ! तारक ! धीमान् !
लोकपाल ! कमलेक्षण ! श्रीमान् !
 
शूलपाणि ! सुरसूदन ! भीम !
सत्य ! सुन्दर ! शिवाप्रिय ! सोम !
जल्छ नाम जप ले तम - तत्त्व !
शम्भु - नाम सब को छ महत्त्व !
 
भस्मशुद्धिकर ! सुव्रत ! शूर !
वायुवाहन ! धनुर्धर ! धीर !
नीललोहित ! दिगम्बर ! रुद्र !
भक्तवत्सल ! कृपामय ! शुद्ध !
 
व्याघ्रलोचन ! विरोचन ! नित्य !
पुण्यदर्शन ! वृषाकपी ! तत्त्व !
विष्णुवल्लभ ! त्रिलोचन ! सूरि !
विश्वमूर्ति ! भवमोचन ! भूरि !
 
चारुविक्रम ! जटाधर ! घोर !
स्थाणु ! भूतपति ! आत्मविभोर !
शम्भु का सकल नाम जपूँ म !
विश्व का विषम दु:ख खपूँ म !

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016