अघि बढ्नु पर्छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

ती वेदना जे जति छन् पिएर
पीडा र काँडा मुटु मा लिएर
हिँड्नै छ हे मित्र ! सधैं अगाडि
भिड्नै छ है आज हतास छाडी
 
सङ्घर्ष गर्दा यदि काल आओस्
आँधी सुनामीमय छाल आओस्
ऊर्जा अनौठो र बबाल आओस्
गन्तव्य भेट्ने नव चाल आओस्
 
उत्साह का वाद्यहरू बजाई
उल्लास का उत्तम गीत गाई
जुट्नै छ हामी नव - सिर्जना मा
होस् काम हाम्रो युग - सम्झना मा
 
मल्लाह - माझी खुद नै बनेर
सल्लाह आफ्नै मन को लिएर
जाग्नै छ चाँडै दिल देखि आज
लाग्नै छ है फेर्न सबै समाज
 
छन् व्यक्ति छन्, खण्डित गर्न देश
झन् शक्ति छन् , दण्डित गर्न देश
षड्यन्त्र बुझ्दै अघि बढ्नु पर्छ
नेपाल का खातिर लड्नु पर्छ
 
आँखा करोडौं रुन हैन मित्र
भाका नियास्रो हुन हैन मित्र
आवाज भन्दा हुन काम पर्छ
यै काम ले दाम तमाम भर्छ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016