अज्ञात शक्ति लाई नमस्कार
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

को हो सूर्य शशी र तारकहरू , गर्ने सुसञ्चालन ?
को हो लोक असङ्ख्य धारक बनी , गर्ने जगत्पालन ?
मायावी छ बुझिन्न धर्म उसको , देखिन्न काहीँ पनि
लीला गर्छ अचम्म चित्र उसको , लेखिन्न काहीँ पनि
 
स्रष्टा हो सब को र रक्षक उही , धर्ता र भर्ता उही
स्वामी हो सब को र भक्षक उही , संहारकर्ता उही
फुल्छन् फूल सुगन्ध साथ उसकै पाई इशाराहरू
झुल्छन् चम्किरहेर दूर - नभ मा , नक्षत्र - ताराहरू
 
मर्जी हुन्छ वसन्त हाँस्छ उसको , सौन्दर्य झल्काउँदै
गर्जी मेघ मयूर नाँच्छ वन मा , माधुर्य छल्काउँदै
वर्षा ले अनिकाल लिन्छ उसको , सङ्केत पाईकन
क्वैली ले सुर ताल दिन्छ मधुरो , सङ्गीत गाईकन
 
हाहाकार बनाउने शिशिर को , ठण्डी दिने हो उही
सुर्जे बाट जलाउने प्रलय को , गर्मी दिने हो उही
ऊ द्वारा हर याम - मौसमहरू , चल्छन् सही रीति ले
ऊ यो विश्व चपक्क बाँध्छ विधि ले ,विज्ञान को नीति ले
 
जोजो नाम दिऊन् जुनै किसिम को,गम्भीर त्यो तत्त्व हो
त्यो नै शाश्वत हो अगम्य गति हो ,त्यो नित्य हो सत्य हो
जो होस् ऊ तर दिव्य हो प्रकृति को , ऊ मा चमत्कार छ
जो होस् ऊ तर शक्ति हो सृजन को , ऊ मा नमस्कार छ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016