अत्यन्त आनन्द मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

यो बन्दीपुर का हरेक घर का , ढोका हुँदा बन्द नै
पाखा छेउ कुना र गाउँ भर का , आँखा हुँदा अन्ध नै
शिक्षा को नव दीप बाल्न उहिले , आए दुवै सिष्टर
सारा गाउँ उज्याल्न दु:ख सँग ले , थाले दुवै सिष्टर
 
आफ्नो देश र इष्ट मित्र ममता , छाडेर यो गाउँ मा
शिक्षा शास्त्र र मानवीय समता , बाँडेर यो ठाउँ मा
सेवा गर्न इभान्जला र मिरियम् , आए अचम्मै भयो
बाले शिक्षण दीप उज्ज्वल गरी , अज्ञान जम्मै गयो
 
नोट्रेडेम विशाल शैक्षिक थलो , निर्माण गर्दै गए
साना कोमल बाल का नयन मा , विज्ञान भर्दै गए
हज्जारौं शिशु कोपिलाहरु फुले , ती मग्मगाईकन
आफ्नो मन्द सुगन्ध सुन्दर छरे , ती चम्चमाईकन
 
यो बन्दीपुर फेरि जागृत भयो , गुल्जार बन्दै गयो
सारङ्गी मृदु रन्कियो र मुरली , चारै दिशा घन्कियो
के नारी नर के युवा र शिशु के , सारा जुरुक्कै उठे
शिक्षा प्राप्त गरी समुज्ज्वल बनी , उत्कर्षता मा जुटे
 
ती देवीहरु धन्य छन् र तिनको , सोचाइ नै धन्य छ
सेवा भाव छ धन्य - धन्य तिनको , भोगाइ नै धन्य छ
यो बन्दीपुर गर्छ आज तिनको , अभ्यर्थना वन्दना
दिन्छौं यो शुभकामना सब मिली , अत्यन्त आनन्द मा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016