अनन्तप्रति
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मुख छैन तथापि बोल्छ ऊ ।
बिनभाका सुर-राग खोल्छ ऊ ।।
उसको न छ रूप निश्चित ।
छ क्रिया-कर्म सदा सुनिश्चित ।।
 
न छ कान समस्त सुन्छ ऊ ।
न छ आँखा तर दृश्य देख्छ ऊ ।।
उसबाट छिपिन्न क्यै कुरा ।
सब मा व्याप्त भएर बस्छ ऊ ।।
 
अज-अच्युत ऊ अनन्त हो ।
अविनाशी नव नित्य शान्त हो ।।
उसमा किन जान्न यो मन ?
किन गर्दैन बसेर चिन्तन ?
 
करहीन छ,कर्म गर्छ ऊ ।
पद छैनन् तर चढ्छ झर्छ ऊ ।।
तनहीन छ विश्व बोक्छ ऊ ।
रसनाहीन छ,भोग भोग्छ ऊ ।।
 
यति अद्भुत ब्रह्मतत्त्व मा ।
अपरम्पार बृहत् महत्त्व मा ।।
किन यो मति हुन्न अर्पित ?
अथवा जीवन नै समर्पित ?

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016