अभिशाप
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

`नेता´ व्यक्ति समाज देश तह का , आँखा बनेनन् भने ।
नेपाली जन का यथार्थ मन का , भाका बनेनन् भने ।।
ती हुन् वञ्चक बुझ्नुपर्छ सब ले, ती धूर्त हुन् स्याल हुन् ।
ती हुन् शोषक जान्नुपर्छ सब ले, ती देश का काल हुन् ।।
 
नेपाली "निरपेक्ष - धर्म" कहिले , हुन्थे र खै आज छन् ?
यौटै ॐ परिवार भिन्न कहिले , हुन्थे र खै आज छन् ?
एस्तो यो निरपेक्ष तत्त्व कसरी , एक्कासि आयो यहाँ ?
नेपाली जन - भावनारहित भै , डेरा जमायो यहाँ ?
 
उस्तै बोझ हुँदो छ यो मुलुक मा , सङ्घीयता को दशा ।
चुस्ने काम हुँदो छ रक्त जन को , बढ्दो छ झन् लालसा ।।
चारैतर्फ बढाउँदा करहरू , नङ्ग्याइँदो हाड छ ।
झन्झन् चोट - प्रहार मा छ जनता , बङ्ग्याइँदो ढाड छ ।।
 
नेता ले यदि ढुक्ढुकी मुलुक को , सुन्थ्यो भने पो महान् ।
जेजस्तो जन चाहना छ मन ले , गुन्थ्यो भने पो महान् ।।
नेता नेल्सन झैँ कुनै यदि भए , कस्तो हुँदो हो यहाँ ?
गान्धी लिङ्कन झैँ कुनै भइदिए , कस्तो हुँदो हो यहाँ ?
 
अर्कै को भर मा परेर कर मा , नेपाल के बन्छ र ?
नेता बिक्दछ पश्चिमी डलर मा , नेपाल के बन्छ र ?
यो कस्तो अभिशाप हो मुलुक ले , पाएन नेता कुनै ।
माटो मा मुटु मा विकास - पथ मा , छाएन नेता कुनै ।।


BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016