अमर हुनु छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

परम मा प्रिय भक्ति लगाउँदै ।
हृदय मा नव शक्ति जगाउँदै ।।
तप गरेर यहाँ अघि बढ्नु छ ।
अनि दुरूह हिमालय चढ्नु छ ।।
 
असमता छ यहाँ र अभाव छ ।
कलुषता छ यहाँ र कुभाव छ ।।
दुखद भ्रान्ति हरीकन उठ्नु छ ।
सुखद शान्ति छरीकन जुट्नु छ ।।
 
मति विनाशक छन् हठ छन् यहाँ ।
अबुझ शासक छन् शठ छन् यहाँ ।।
गरल पान गरीकन हाँस्नु छ ।
मधुर गान भरीकन नाच्नु छ ।।
 
धन र वैभव मा अभिमान छ ।
क्षणिक भौतिक शान र मान छ ।।
शिव र सुन्दर मा सुख खोज्नु छ ।
हृदय मन्दिर मा मुख मोड्नु छ ।।
 
अति प्रियङ्कर काम र मोह को ।
कि त भयङ्कर क्रोध र लोभ को ।।
समर हो जग , यो पनि जित्नु छ ।
अमर भैकन जीवन बित्नु छ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016