अर्पण गरूँ यो जिन्दगी को धन
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हे विश्वेश्वर ! पाउ ती छुन पुगूँ , तिम्रो कसोरी भन ?
मीठो प्रेमिल भावना लिन पुगूँ , तिम्रो कसोरी भन ?
यो मेरो मन साँगुरो छ कसरी , फुक्ला तिमी नै भन ?
नाला स्वार्थ र लोभ को छ कसरी , सुक्ला तिमी नै भन ?
 
मैले माझ्नुछ भावना गहन भै , हे शम्भु ! हे शङ्कर !
मैले साध्नुछ साधना अथक भै , तिम्रो बनी किङ्कर
सारा जित्नुछ कामना भुवन का , सद्भक्ति सङ्लो लिन
मैले त्याग्नुछ चाहना हृदय का , आसक्ति तिम्रो लिन
 
त्यो तिम्रो शिर मा म देख्दछु सधैं , भागीरथी छल्छल
उस्तै वङ्किम चन्द्र को चहकिलो,ज्योत्स्ना छटा उज्ज्वल
तिम्रै आश्रय भित्र देवगण छन् , खर्बौं सिताराहरू
तिम्रा ती चरणारविन्द - तल छन् , नक्षत्र - ताराहरू
 
हे शूली ! गिरिजापते ! पशुपते ! हे सोम ! हे ईश्वर !
हे भूतेश ! उमापते ! गणपते ! हे रुद्र ! हे दुर्धर !
तिम्रा श्रीपद - छत्र मा भुवन को , के पो अटाउन्न र ?
तिम्रा ती वरहस्त पाउन हरे ! को पो रुचाउन्न र ?
 
तिम्रो भक्ति सदा म पाउन सकूँ , होऊँ अझै सुन्दर
तिम्रा निम्ति सदैव छाउन सकूँ , यो चित्त को मन्दिर
तिम्रो प्यास निमित्त तर्पण गरूँ , छाती पगालीकन
तिम्रो भोग निमित्त अर्पण गरूँ , यो जिन्दगी को धन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016