अल्छी भएमा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

अल्छी खरायो पनि हुन्न साथी
अल्छी जरायो पनि हुन्न साथी
न काम गर्ने कमिला छ अल्छी
न दु:ख गर्ने धमिरा छ अल्छी
 
अल्छी हुँदै हुन्न नि कोइली त
अल्छी हुँदै हुन्न नि न्याउली त
न गीत गाई सुख दिन्छ अल्छी
न मीत लाई सुख दिन्छ अल्छी
 
चरी भँगेरी न त हुन्छ अल्छी
मौरी न चौंरी न त हुन्छ अल्छी
अल्छी हुँदा के मह बन्न सक्छ ?
अल्छी हुँदा के तह बढ्न सक्छ ?
 
नक्षत्र - तारा पनि हुन्न अल्छी
झर्ना र धारा पनि हुन्न अल्छी
अल्छी हुनेले न त लक्ष्य भेट्छ
अल्छी हुनेले न त कक्ष चढ्छ
 
अल्छी भएमा न विकास हुन्छ
अल्छी भएमा न प्रकाश हुन्छ
विद्वान् हुने हो ? हुन हुन्न अल्छी
महान् हुने हो ? हुन हुन्न अल्छी

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016