अहं बाट मुक्ति
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

तन्त्री हुन् शिवजी म तन्त्र उनको , गाले भने गल्दछु ।
यन्त्री हुन् कवची म यन्त्र उनको , चाले भने चल्दछु ।।
हुन् ती सिन्धु म बिन्दु मात्र उनको , मेरो अहं व्यर्थ छ ।
अंशी हुन् प्रभुजी म अंश उनको , ढाले भने ढल्दछु ।।
 
बाक्लो मेघ भयो भने रवि कतै , देखिन्न आकाश मा ।
देखिन्नन् भगवान् अहं यदि भए , जो छन् सधैं पास मा ।।
चम्कन्छन् रवि मेघ नै हटिदिए , त्यो नील आकाश मा ।
हाँस्छन् ती भगवान् अहं घटिदिए , यो चित्त - आवास मा ।।
 
पानी पर्छ पहाड का शिखर मा , रोकिन्न त्यो झर्दछ ।
वर्षा ले सब पोखरी र डबरा , खाल्डा कुना भर्दछ ।।
उस्तै यो अभिमान पर्वत ममा , बढ्दै न जाओस् प्रभो !
होऊँ शून्य र रिक्त पात्र म सधैं , दासत्व छाओस् प्रभो !!
 
काट्यो पीपल आज , भोलि त्यसमा , नौलो टुसो लाग्दछ ।
विद्वान् को पनि नम्रता सँग अहं , मौलाउँदै जाग्दछ ।।
मै ठूलो म हुँ उच्च - साधक म नै , विद्वान् हुँ सर्वज्ञ हुँ ।
एस्तो भाव नहोस् म भित्र प्रभुजी ! ठानूँ म अल्पज्ञ हुँ ।।
 
यो "मेरोपन" देखि मुक्ति कहिल्यै , मिल्ला त हे ईश्वर !
या "तिम्रोपन" को प्रकाश दिल मा , खिल्ला त हे ईश्वर !!
कर्ता हौ प्रभु नै समस्त जग का , भर्ता तिमी नै प्रभो !
भोक्ता हौ प्रभु नै चराचर जगत् , हर्ता तिमी नै प्रभो !!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016