आँधी चलिदियोस्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

पिता पुर्खा मेरा , कति कति महान् साधक थिए !
थिए दामी नामी , हर विपद का बाधक थिए !!
तिनैको त्यो आगो , हृदय बिच थोरै जलिदिओस् !
ममा केही गर्ने ,सृजनमय आँधी चलिदिओस् !!
 
म नङ्ग्याऊँ रड्डी , जति मनुज छन् यो मुलुक का !
म बङ्ग्याऊँ हड्डी , छल कपट गर्ने अबुझ का !!
हुँ गोर्खाली आँटी रगत; भय अन्तै टलिदिओस् !
ममा केही गर्ने , सृजनमय आँधी चलिदिओस् !!
 
फलाऊँ माटो मा , जरुरत हुने खाद्य फसल !
फुलाऊँ चौतर्फी , प्रविधिमय उद्योग असल !!
अविश्वासी शङ्का , छ यदि मन मा ,त्यो ढलिदिओस् !
ममा केही गर्ने ,सृजनमय आँधी चलिदिओस् !!
 
जहाँ भोका नाङ्गा , विकल जन छन् हेर्न म पुगूँ !
निराशा को कालो , दुखमय दशा फेर्न म पुगूँ !!
उज्यालो छर्ने त्यो , मन-मधुर बत्ती बलिदिओस् !
ममा केही गर्ने , सृजनमय आँधी चलिदिओस् !!
 
पढेका मान्छे मा , अझ पनि छुवाछूत छ यहाँ !
ठुलो सानो भन्ने , अतिशय कडा भूत छ यहाँ !!
न फैलोस् यो मैलो , अशुभ मति आजै गलिदिओस् !
ममा केही गर्ने , सृजनमय आँधी चलिदिओस् !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016