आगो बनी बल्नुछ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

चुम्ने चाह छ उच्चता सफलता , यो जिन्दगी मा भने ।
भेट्ने चाह छ भव्यता प्रखरता , यो जिन्दगी मा भने ।।
भित्री मर्दपना निकाल्नुछ कडा , आगो बनी बल्नुछ ।
इच्छाशक्ति विहीन हैन, जल मा ज्वाला बनी जल्नुछ ।।
 
ठूलो मत्स्य समात्न मा मन भए , बल्छी डुबाई बसौं !
पर्खौं धैर्य गरौं र कत्ति न चलौं , इच्छा नमारी बसौं !!
यौटा लक्ष्य लिऔं र साधक बनौं , ऊर्जा जगाऔं उहीँ !
फोरौं आँट गरेर भीर - पहरा , झर्ना बगाऔं उहीँ !!
 
पानी मा यदि पौडने मन भए , डुब्ने चुनौती लिनू !
खार्ने हो यदि जिन्दगी सकस ले , धोती न टोपी हुनू ।।
सच्चा कर्मठ, काम बाट कहिल्यै , भाग्दैन यो बुझ्नुछ ।
जो नामर्द छ काम मा प्रबल भै , लाग्दैन यो बुझ्नुछ ।।
 
घोडा चढ्दछ जो कुनै समय मा , त्यो खस्छ या लड्दछ ।
गाह्रो काम लिँदा लिँदा मनुज झन् , अग्लाइ मा चड्दछ ।।
बाच्छो लड्दछ बारबार भुइँ मा , ऊ हिँड्न सक्ने हुन ।
मान्छे खट्नुछ दु:ख मा अटल भै , ऊ भिड्न सक्ने हुन ।।
 
गर्दैनन् पुरुषार्थ कत्ति तिनले , जो साधनाहीन छन् ।
जो पाषाण समान छन् हृदय ले , संवेदनाहीन छन् ।।
चीसो बन्न हुँदैन कत्ति हिउँ झैँ , या पोखरी झैँ यहाँ ।
बग्नै पर्दछ सिर्जना नहर झैँ , या निर्झरी झैँ यहाँ ।।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016