आज नैराश्य छायो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

सडक जति हिला छन् ,गन्दगी मा घुलेका
युवक र युवती छन् , फेशनै मा भुलेका
अधम चलन आयो , धर्म - संस्कार खायो
किनकिन जनता मा , आज नैराश्य छयो
 
गतिविधि छ तुहेको , त्यो कतै फालिंदैन
सब तिर छ चुहेको , त्यो कुनै टालिंदैन
हर नयन विदेशै , ताक्नुपर्ने बनायो
किनकिन जनता मा , आज नैराश्य छायो
 
शरदृतु छ दियालो , छैन यो चाँदनी मा
दिन छ तर उज्यालो , छैन यो आँगनी मा
प्रमुख पदहरू मा , दासता खास आयो
किनकिन जनता मा , आज नैराश्य छायो
 
कुसुममय बगैंचा , झन् डढेको डढ्यैछ
हृदय भरि डढेलो , झन् बढेको बढ्यैछ
विधि-नियम हरायो , देश ले त्रास पायो
किनकिन जनता मा , आज नैराश्य छायो
 
नव - सुमन कली नै , डस्छ कीरा र भाग्छ
सुरभित नहुँदैमा , धस्छ नङ्ग्रा र भाग्छ
तर पनि अपराधी - काण्ड ले हास्य पायो
किनकिन जनता मा , आज नैराश्य छायो
 
अब त अति भयो यो,धर्म ले ग्लानि खायो
अवनतिमय हाम्रो , कर्म ले हानि पायो
अतुल - धन छ आफ्नै ; माग्नुपर्ने गरायो
किनकिन जनता मा , आज नैराश्य छायो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016