आज पनि नारी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

अझै छ दु:खी र उदास नारी
छ बन्द चूह्ला तिर खास नारी
 
मरेर बाँच्ने उसको छ भाग्य
छ सास फेर्दै तर लाश नारी
 
युगौं रही मूर्च्छित किन्तु आज
गर्दै छ है जाग्न प्रयास नारी
 
बजार मा होस् कि त गाउँ मा होस्
छैनन् सुरक्षा छ हतास नारी
 
बत्ती बनी ऊ घर भित्र बल्छे
हो जिन्दगी बीच सुवास नारी
 
दिएन केही नर ले प्रकाश
विकास की हो अब आश नारी
 
समानता को हुनु पर्छ मान
पचास लोग्ने छ पचास नारी
 
आफन्त बाटै पनि ऊ ठगिन्छे
विश्वास की हो , कि त राश नारी ?
 
नारी विना को घर लाग्छ मुर्दा
दिन्छे सधैं जीवन - सास नारी
 
समाज ले हेर्नु छ फेरि आज
नहोस् कसैकी उपहास नारी

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016