आज का बाँदर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

थिए लुते बाँदर कत्ति साना
खाँदै थिए अम्बक आलु दाना
बच्चा थिए ती र शरीर छिन्न
दुब्ला बिरामी अनुहार खिन्न
 
लड्थे झगड्थे दिनरात कत्ति
लिँदैनथे ती सुख - शान्ति रत्ति
मौलाउँथे ती जब अर्थ जुट्थ्यो
बौलाउँथे ती जब स्वार्थ टुट्थ्यो
 
बढे चढे ती अनि सङ्घ खोले
लुट्ने अनेकौं दल अङ्ग खोले
खोजे फटाहा बिनुकाम झोले
नेता बने गाउँ - समाज पोले
 
खाए पिए बाँदर बढ्न थाले
उफ्रेर आँफै रुख चढ्न थाले
ठूला भए चामल चोर्न थाले
हुँदा - हुँदै ती घर फोर्न थाले
 
छन् कत्ति काव्यालय मा तिनै छन्
सम्पूर्ण मन्त्रालय मा तिनै छन्
भट्टी र मद्यालय मा तिनै छन्
झन् विश्व विद्यालय मा तिनै छन्
 
जताततै बाँदर - राज चल्छ
बन्यो भने बाँदर फुल्छ फल्छ
कला तिनैको छ गला तिनैको
बेल्ना तिनैको चकला तिनैको
 
ती खेल्दछन् खेल र सत्र पार्छन्
ती गर्दछन् झेल र पत्रु पार्छन्
डाडू उनैको पनियो उनैको
चोली उनैको गुनियो उनैको

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016