आज को शिक्षित मान्छे
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मान्छे स्वार्थ निमित्त भव्य चतुरो , बन्दै छ संसार मा
आफैं डुब्न कुवा - इनार गहिरो , खन्दै छ संसार मा
जिब्रो का वश मा परी पशु जगत् , नाशेर खायो खुबै
धर्ती ध्वस्त गर्यो बनीकन असत् , मासेर भ्यायो सबै
 
मान्छे को हक झैँ समस्त पशु को , के बाँच्नमा हुन्न र ?
मान्छे झैँ तिनको कुनै हक यहाँ , के साँच्नमा हुन्न र ?
संसारै भरिका चराचरहरू , के बाँच्नु पर्दैन र ?
धर्ती सागर ले र यो गगन ले , के हाँस्नु पर्दैन र ?
 
मान्छे बाट विनष्ट छन् वनहरू , पानी विना गाउँ छन्
पाखा-पर्वत ध्वस्त छन् अझ अरू , खानी विना ठाउँ छन्
भत्काएर बिगार्छ नित्य धरती , के खोज्छ यो मानिस ?
`शीशा´ हीरक ठान्छ गर्छ पिरती, के रोज्छ यो मानिस ?
 
त्यो वातावरणीय सुन्दरपना , हेरूँ कहाँ गैकन ?
त्यो पर्यावरणीय मौलिकपना , खोजौं कहाँ गैकन ?
कोप्चा का जरुवा सुके गजब का , धारा कुवा नै सुके
झर्ना ताल सुके कुला दह सुके , सारा मुहानै सुके
 
आफ्नै मात्र भलो हुने अगतिलो , बाटो खन्यो व्यक्ति ले
आफ्नै कुत्सित सोच को कुमति को , पाटो चुन्यो व्यक्ति ले
आफ्नो निम्ति हराभरा प्रकृति नै , विध्वंस गर्दै छ ऊ
के बन्थ्यो प्रिय बुद्ध कृष्ण शिव जी , झन् कंस बन्दै छ ऊ
 
शिक्षा खूब लिँदै छ आज मनुवा , खस्दै छ झन्झन् तल
विद्या बाट झनै बनेर भँडुवा , पोल्दै छ आफ्नो घर
हेर्यो स्वार्थ सदैव ; कत्ति पनि सत् , मानेन खै व्यक्ति ले
बँच्नै पर्दछ भोलि जीवन - जगत् , ठानेन खै व्यक्ति ले

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016