आमा ! धैर्य गर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

न्यानो काख दियौ सुधारस दियौ , नौलो बिहानी दियौ
मायाँ लाख दियौ र साहस दियौ , यो जिन्दगानी दियौ
कर्जा का कति बोझ छन् नतिरिने , सन्तान का काँध मा
छन् सन्तान प्रशासनादि पद का , अत्युच्च उन्माद मा
 
यो कस्तो उपहास हो समय को , झन् व्यङ्ग्य क्रीडा दिने ?
कस्तो आत्म विलास हो विजय को , झन् तीव्र पीडा दिने ?
खुच्चिङ् गर्दछ दु:ख मा कहर मा , कस्तो बन्यो मौसम ?
हे धर्ती ! गर धैर्य धारण तिमी , नाशिन्छ गाढा तम
 
तिम्रा स्वप्न छियाछिया हुन गए , यो सत्य हो मान्दछु
तिम्रा आश जहाँतहाँ छिरलिए , त्यो तथ्य हो जान्दछु
यो दुश्चक्र र कालरात्रि गहिरो , नाशिन्छ नाशिन्छ है
हे आमा ! अभिशाप पूर्ण कुहिरो , मासिन्छ मासिन्छ है
 
आँधी ल्याउँछ जो यहाँ कहर को , त्यो जान्छ पाताल मा
आगो लाउँछ जो यहाँ जहर को , त्यो डुब्छ आहाल मा
यो हो शाश्वत सत्यता भुवन को , यै आत्मसात् गर्नु छ
ढिक्का एक भएर मातृ - मन को , आपत् विपद् हर्नुछ
 
यो पापिष्ट पला सधैं नरहला , आश्वस्त होऊ तिमी
यो मैलो गदला समस्त बहला , विश्वस्त होऊ तिमी
होला बेर परन्तु तामस घटा , धुल्ने छ पर्खी बस
आभा भव्य छरेर सुन्दर छटा , खुल्ने छ पर्खी बस

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016