आमा को पुकार
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

बाङ्गो हिँड्ने गति किन लियौ,कोख का बाबु नानी ?
नाङ्गो नाच्ने मति किन लियौ, काख का बाबु नानी ?
वर्षौं हेरेँ तर पनि अझै , ताल राम्रो दिएनौ
पीडा झेलेँ तर पनि अझै , चाल नौलो लिएनौ
 
ढुङ्ङ्गै ढुङ्गा दहर बिच मा , मूल सानो छ खुल्दो
काँडै काँडा कहर बिच मा , फूल सानो छ फुल्दो
उड्दो मेरो हृदय - पुतली , अग्नि - अङ्गार मा छ
अन्तर्आशा ज्वलितमय भै , दु:ख को धार मा छ
 
कोही भाग्यौ पर तिर कहाँ , रुग्ण आमा भुलेर ?
कोही लाग्यौ वर पर कहाँ , रुङ्न आमा भुलेर ?
गोटी बन्दै किन त रिपु का , चक्र मा फँस्न थाल्यौ ?
धोती बन्दै किन कुजन का , कूप मा खस्न थाल्यौ ?
 
आफ्नै छाना तिर नयन ले , हेरिदेऊ न छोरा !
थोत्रा भाटा कतिपय नयाँ , फेरिदेऊ न छोरा !!
चीसा चूह्ला अलिकति तिमी , बालिदेऊ न नानी !
झाडू ल्याई कसिँगरहरू , फालिदेऊ न नानी !!
 
छाती मेरो भकभक गरी , नित्य पाक्दैछ हेर !
यो संसारै प्रिय विनु अहो ! शून्य लाग्दैछ हेर !!
चौतर्फी छे तमस रजनी , भाग्य खोस्दै गरेकी !
रोई रोई थकित मन यो , जून ताक्दैछ हेर !!
 
चोली थोत्रो पनि हुन गयो , ल्याइदिन्थ्यौ कि नानी !
साडी मैलो पनि हुन गयो , धोइदिन्थ्यौ कि नानी !!
खाना छैनन् यस विषय मा , ध्यान देऊ न बाबु !
दाना छैनन् कृषि उपज मा , ज्ञान लेऊ न बाबु !!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016