आमा को व्यथा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

एकान्त स्थल मा गएर किन हो , रोऊँ कि रोऊँ हुने ?
तातो आँशु लिएर पीर किन हो ,धोऊँ कि धोऊँ हुने ?
छाती भित्र अदृश्य बोझ छ कहीँ , राखी हलुङ्गो बनी
योगी झैँ म समाधि बीच किन हो , होऊँ कि होऊँ हुने ?
 
आमा को छ यही शिकायत यहाँ , सुन्दैन कोही किन ?
छाती मा कति शूल छन् र खिल छन्,झिक्दैन कोही किन ?
वर्षौं वर्ष भयो उनी हृदय मा , ढुङ्गा लिई बाँच्दछिन्
पीडा ले अनि आँशु ले धमिलिँदो , गङ्गा पिई बाच्दछिन्
 
ऊर्जाशील सशक्त जीवन कुनै , आओ न आओ यता
आगो खेल्न रुचाउने जन कुनै , आओ न आओ यता
हौ सन्तान भने र त्यो रगत को , दायित्व बुझ्छौ भने
आँधी झेल्न रुचाउने मन कुनै , आओ न आओ यता
 
सातै तार सितार का बजिदिए,थाल्थ्यो दिशा घन्कन
सातै चक्र शरीर का खुलिदिए,बन्थ्यो महान् जीवन
उस्तै सात प्रदेश ती फुलिदिए,समृद्धि को फूल भै
यो मेरो मुटु सात पर्वत चढी , गर्थ्यो सदा नर्तन
 
भन्छिन् झैँ किन लाग्छ आज मन मा , आमा उदासी हुँदै
रुन्छिन् झैँ किन लाग्छ रातदिन ती , प्यासी निराशी हुँदै
आमा का हर पीर - रोदनहरू , के सुन्नु पर्दैन र ?
हौं सन्तान भने व्यथा गहन ती , के बुझ्नु पर्दैन र ?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016