आमा को विवशता
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

भत्केको दिल मा म स्वप्निल दियो बाल्दैछु आशा लिँदै ।
पानी छैन म शीत टिप्छु अहिले , सुख्खा पिपासा लिँदै ।
यो पीडामय वायु मा म कसरी , बालूँ दियो लौ भन !
चारै तर्फ हिलो छ लौन कसरी , गाडूँ मियो लौ भन !!
 
बाढी पस्छ र गाउँ बग्छ सहसा , चीत्कार मा हुन्छु म ।
पैह्रो खस्छ र वास लग्छ सहसा , शीत्कार मा हुन्छु म ।।
सीमा मा चलखेल हुन्छ कहिले , अन्याय मा पर्छु म ।
धावा संस्कृति माथि पर्छ जहिले , पीडा पिई बस्छु म ।।
 
छोरी देख्छु बलात्कृता मुलुक मा , चर्कन्छ मेरो मुटु ।
नारी देख्छु प्रताडिता मुलुक मा , सर्कन्छ मेरो मुटु ।
मच्चिन्छन् कति हुण्डरी र भुँमरी , यो चित्त मा के गरूँ ?
झन् दावानल बल्छ हुर्हुर गरी , यो चित्त मा के गरूँ ?
 
बेचिन्छन् महिला विदेश तिर का , कोठीहरू मा जब ।
सेकिन्छन् अझ यातना - अनल का , भट्टीहरू मा जब ।।
छाती थाल्दछ फुट्न पट्पट गरी , पीडा म के मा भरूँ ?
हाँसो छैन उमङ्ग छैन दिल मा , क्रीडा म के मा गरूँ ?
 
मेरा सन्तति मा कुबुद्धि नछिरोस् , यै प्रार्थना गर्छु म ।
कोही नीच बनेर कत्ति नपिरोस् , यै प्रार्थना गर्छु म ।।
कोही छैन अजम्बरी भुवन मा , बाँचौँ नमर्ने गरी !
भावी सन्तति निम्ति उत्तम कुरा , साँचौँ नझर्ने गरी !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016