आमा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मेरा लागि पहाड का शिखर मा , बोकेर नाम्लाहरू
जाडा मा हिउँ मा ठिही-कहर मा , ओढेर काम्लाहरू
लाखौं घात र वज्रपात पिउने , आमा ! तिमी नै त हौ
पीडा को भुमरी खपेर जिउने , आमा ! तिमी नै त हौ
 
मेरै मङ्गल निम्ति भाकल गरी , बस्ने अरू को थियो ?
मेरै जीवन निम्ति मृत्यु मुख मा , पस्ने अरू को थियो ?
मेरो उन्नति मा सहायक हुने , उत्प्रेरणा हौ तिमी
पीडा मा ममता बनेर चुहुने , संवेदना हौ तिमी
 
साथी सङ्गति ले जसै कुपथ मा , लाग्थेँ म रुन्थ्यौ तिमी
काँचो बुद्धि हुँदा सदा परपरै , भाग्थें म रुन्थ्यौ तिमी
धर्ती झैँ सहने व्यथा न कहने , आमा ! तिमी नै त हौ
पीडा मा बहने र मौन रहने , आमा ! तिमी नै त हौ
 
मैले लाइदिँदा सुवस्त्र तन मा , आनन्द मान्थ्यौ स्वयम्
मैले खाइदिँदा प्रसन्न रहँदामा , बल्ल खान्थ्यौ स्वयम्
यो मेरो तन घाउ बाट पिरिँदा , बल्केर दुख्थ्यौ तिमी
यो मेरो मन ताप बाट चिरिँदा , सल्केर सुक्थ्यौ तिमी
 
आमा का अनुहार मा म अहिले , देख्दैछु झुर्री मुजा
मेरै खातिर चाहना र सपना , सारा बनायौ धुजा
हे आमा ! अब फर्किएँ म घर मा , गर्नेछु स्याहार झन्
तिम्रा दु:ख र दर्द भोक - भय को , गर्नेछु संहार झन्

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016