आलस्य हो मरण ; जीवन हैन जान ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

आलस्य हो मरण ; जीवन हैन जान ।
नैराश्य कत्ति मन को , धन हैन जान ।।
 
आमा बुबा गुरुहरू , उपदेश दिन्छन् ।
अर्ती दिने मनुज , दुर्जन हैन जान ।।
 
पोलिन्छ अग्निबिच हुन्छ भने खरानी ।
त्यो हो फलाम तर कुन्दन हैन जान !!
 
देखेर सङ्कट कुनै यदि भाग्न थाल्ला ।
बार्धक्य हो ; सबल यौवन हैन जान ।।
 
पैसा दिएर पनि हुन्छ र देवपूजा ?
देखावटी स्तुति त , अर्चन हैन जान ।।
 
हुन् सार्वभौम जनता अनि देश हाम्रो ।
यो नाच्न भाँड कन आँगन हैन जान ।।
 
 
कुन्दन = सुन
भाँड कन = नटुवा लाई

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016