आषाढ को पन्ध्र मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

त्यो बेला शुभकामना म दिउँला,आषाढ को पन्ध्र मा !
खेती मा जब आत्मनिर्भर हुँला,आषाढ को पन्ध्र मा !!
 
अन्तै का गहुँ धान फापर जसै,आयात मा रोकिनन् !
फल्लान् अन्न यहीँ, खुशी म बनुँला,आषाढ को पन्ध्र मा !!
 
होलान् खूब चिया कफी पुगिसरी,निर्यात होलान् अझै !
पाई मूल्य रमाइलो म गरुँला,आषाढ को पन्ध्र मा !!
 
अर्कैका फलफूल आलु हरिया,सब्जी हुनन् व्यर्थ नै !
नेपाली फलफूल ले म जमुँला,आषाढ को पन्ध्र मा !!
 
देलान् दूध दही घिउ कृषक ले,पैह्रो चलाईकन !
होला देश सुखी जसै म रमुँला,आषाढ को पन्ध्र मा !!
 
आफ्ना संस्कृति रीति मा गति दिँदै,माटो मुठी मा लिँदै !
ऊर्जा जीवन को दिँदै म बसुँला,आषाढ को पन्ध्र मा !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016