आषाढ को पन्ध्र मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

र्षेको जल छैन झम्झम झरी , आषाढ को पन्ध्र मा
हर्षेको पनि छैन गाउँ नगरी , आषाढ को पन्ध्र मा
 
सक्नै निम्ति बजेट , डोजरहरू , बौलाउँदै कुद्दछन्
भत्काएर जहाँतहाँ छ नचरी , आषाढ को पन्ध्र मा
 
सारा स्वप्न किसान का सुकिसके , छन् शुष्क खेतीहरू
लागेको पनि छैन कत्ति निँदरी , आषाढ को पन्ध्र मा
 
गर्छन् कालु तमाम काम खतरा , घोटेर हड्डीहरू
गुथ्छन् ढेडुहरू सदैव पगरी , आषाढ को पन्ध्र मा
 
भ्रष्टाचार उँचाइ मा छ चुलिँदो , नेतृत्व मा दम्भ छ
साँढे भैकन डुक्रँदै छ नडरी , आषाढ को पन्ध्र मा
 
पुग्नै पर्छ समृद्धि को शिखर मा , जोतेर मुन्टाहरू
छन् जङ्घार अनेक ; जानु छ तरी ,आषाढ को पन्ध्र मा
 
जे जे छन् जसमा कला- प्रविधि का,औजार बोकीकन
ल्याऔँ शीघ्र नयाँ विकास लहरी,आषाढ को पन्ध्र मा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016