आह्वान
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

आओ आओ तरुण तरुणी ,शिल्प को पत्र गाँसौं ।
माटो लाई तन र मन को, एकता ले उकासौं ।।
रातो झण्डा हृदय बिच मा, खोपियोस् भावना ले ।
कालो धब्बा शशि सँग भए , छोपियोस् साधना ले ।।
 
बत्ती बालौं मन र मुटु मा, शीघ्र नैराश्य फालौं।
ढुङ्गा फालौं तँतँ र मम का, स्वच्छ पारौं पखालौं।।
माटो लाई सहृदय बनी , हेर्न थालौं न भाइ !
सोच्ने शैली अलिकति नयाँ , फेर्न थालौं न भाइ !!
 
यस्तो पानी अरु तिर कहाँ ? भन्दछन् बुद्धिजीवी ।
यस्ता खानी अरु तिर कहाँ ? भन्दछन् बुद्धिजीवी ।।
पोखे मात्रै तरर पसिना , दुग्धधारा बहन्छ ।
थोरै मात्रै श्रम पनि गरे , कीर्ति लाखौं रहन्छ ।।
 
चाँदी जस्ता हिमगिरि जहाँ जाग्दछन् झल्मलाई ।
कोशी काली अविरल जहाँ बग्दछन् छल्छलाई ।।
यार्सागुम्बा सरि मुलुक मा,दिव्य-सञ्जीवनी छन् ।
यो माटो मा तर पनि अझै निर्धनी-निर्धनी छन् ।।
 
के बस्छौ हे पशुपति!तिमी ,ध्यान मात्रै गरेर !
मायाँ गर्दै यस मुलुक मा , हेर है एकफेर ।।
बूढा-पाका मन-मगज मा,भावना-शुद्धि देऊ ।
तिम्रै प्यारा तरुण-दल मा,बुद्ध को बुद्धि देऊ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016