इन्द्रेणी सरि देख्छु सुन्दर तिमी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

तिम्रो नित्य उपासना गरिरहूँ , हे प्रेम का ईश्वर !
तिम्रो चिन्तन चित्त मा भरिरहूँ , हे भावनाधीश्वर !!
प्यारो जून छ दूर को गगन मा , भेटिन्न खै के गरूँ ?
मीठो प्यास छ कण्ठ मा नयन मा,मेटिन्न खै के गरूँ ?
 
तिम्रो याद नदी बनी हृदय मा , छल्कन्छ जैले पनि
तिम्रो राग नशा बनी मगज मा , सल्कन्छ जैले पनि
काला रातहरू तिमी सँग हुँदा , बन्छन् शरच्चन्द्र झैँ
तिम्रो साथ नपाउँदा नयन छन् , आषाढ को पन्ध्र झैँ
 
मेरो धड्कन मा म सुन्छु जहिले , तिम्रो छ आवाज झैँ
मेरो स्पन्दन मा म देख्छु अहिले , तिम्रै छ अन्दाज झैँ
हाँसेको मृदु फूल मा पनि तिमी , मुस्काउँदो देख्दछु
पीडा मा भय-भूल मा पनि तिमी , सुस्ताउँदो देख्दछु
 
तिम्रो ध्यान गरूँ हराउन पुगूँ , व्यक्तित्व को धार म
तिम्रो मान गरूँ गुमाउन पुगूँ , फोस्रो अहङ्कार म
तिम्रा लागि सधैं समर्पित हुने , चोला बनोस् जिन्दगी
तिम्रो प्राप्ति निमित्त नित्य बहने , खोला बनोस् जिन्दगी
 
त्यागूँ स्वार्थ , बनूँ पवित्र मन को , स्वामी म संसार मा
होऊँ उच्च चरित्र को स्वजन को , प्रेमी म संसार मा
पानी को जल बिन्दु झैँ म छु यहाँ,अस्तित्व ले हीन झैँ
इन्द्रेणी सरि देख्छु सुन्दर तिमी , व्यक्तित्व रङ्गीन झैँ
मेरा लागि वसन्त हौ शिशिर मा , हे भव्य प्रेमास्पद !

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016