उनका पीर अव्यक्त छन्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

ज्येष्ठ होस् पौष होस् , खेत मा भिड्दछन् ।
मृत्तिका - स्वेद , एकै गरी फिट्दछन् ।।
खन्दछन् जोत्दछन् , पुर्दछन् पाट्दछन् ।
बार्दछन् बेर्दछन् , काट्दछन् छाँट्दछन् ।।
 
मृत्तिका घोट्दछन् , पार्दछन् चन्दन ।
गर्दछन् जोड ले , अन्न - उत्पादन ।।
सिर्जना गर्दछन् , साग - सब्जी - फल ।
प्राणदाता उनै , किन्तु छन् निष्फल ।।
 
खेत मा देह को , शक्ति झोस्ने उनै ।
पेय-खाद्यान्न ले , विश्व पोष्ने उनै ।।
कर्म योगी उनै , किन्तु जोगी उनै ।
शून्य भोगी उनै , किन्तु रोगी उनै ।।
 
देह का दृष्टि ले , वज्र झैँ हाड हुन् ।
अर्थ का दृष्टि ले , देश का ढाड हुन् !!
किन्तु ती मान - सम्मान ले हीन छन् ।
नित्य ती दुर्दशा , माथि आसीन छन् ।।
 
देवता हुन् उनै , कर्म - योद्धा उनै ।
देश को अर्थ का , हुन् पुरोधा उनै ।।
किन्तु ती देश मा , झन् परित्यक्त छन् ।
देश को शक्ति का , पीर अव्यक्त छन् ।।
 
ती अझै उच्च छन् , ती अझै पूज्य छन् ।
मूल्य तोक्दा उनै , आज सर्वोच्च छन् ।।
देश मा अर्थ को , वृद्धि - विस्तार मा ।
शब्द मा अर्थ झैँ , नित्य संयुज्य छन् ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016