उनै उमा का पति मा नमस्ते
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

महेश ! हे ईश्वर ! आशुतोष !
म भित्र को तामस रोष खोस
होऊँ उज्यालो शशि सूर्य झैँ म
बलूँ दियालो परिपूर्य भै म
 
दशै दिशा मा रहने तिमी हौ
बनेर ऊर्जा बहने तिमी हौ
होऊँ सधैं सुन्दर शक्तिमान् म
बनूँ अझै उत्तम भक्तिमान् म
 
कहाँ छ के खै शिव देखि भिन्न ?
यो त्यो सबै मा शिव छौ अभिन्न
तिमी सँगै हुन्छ शुरू र अन्त
अनादि साथै शिव हौ अनन्त
 
असत्य या सत्य छ जे तिमी हौ
अनित्य या नित्य छ जे तिमी हौ
अतीत हौ सुन्दर वर्तमान
भविष्य हौ सूर्य प्रभा समान
 
अदृश्य या दृश्य हुने तिमी नै
अव्यक्त या व्यक्त हुने तिमी नै
जहाँ तहाँ प्राण बनी बहन्छौ
अस्तित्व ले युक्त भई रहन्छौ
 
रमाउने अन्तर भित्र को हौ ?
कमाउने पुण्य पवित्र जो हौ
उनै सबै का गति मा नमस्ते
उनै उमा का पति मा नमस्ते

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016