उनै शान्ति का दूत को चेतना होस्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

छ संसार मा ज्ञान - विज्ञान बढ्दो ।
कला - सभ्यता आदि मा शान चढ्दो ।।
तथापि व्यथा - वेदना युद्ध उस्तै ।
उज्यालो सँगै अन्ध - अज्ञान जस्तै ।।
 
बढेको छ आडम्बरी धर्म उस्तै ।
हुँदै छन् दुई नम्बरी कर्म उस्तै ।।
अहिंसा फलोस् देव - आराधना होस् !
उनै शान्ति का दूत को चेतना होस् !!
 
छ हिंसा - दुराचार चारैदिशा मा ।
डुबेको छ संसार गैह्रो निशा मा ।।
सबै मा सदाचार - संवेदना होस् !
उनै शान्ति का दूत को चेतना होस् !!
 
छ चौतर्फ उस्तै दया को अभाव ।
हराएर जाँदो छ कारुण्यभाव ।।
सबै मा सदा प्रेम को भावना होस् !
उनै शान्ति का दूत को चेतना होस् !!
 
न होस् व्यक्ति मा तुच्छ सङ्कीर्ण प्रेम !
निजी - स्वार्थ बोक्ने जराजीर्ण प्रेम !!
सबै तर्फ सद् ज्ञान को साधना होस् !
उनै शान्ति का दूत को चेतना होस् !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016