उपचार होस् यहीँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

स्वास्थ्योपचार लिन अन्त कतै नधाइयोस्
छन् सर्व औषधि हजार यहीँ बनाइयोस्
जाने कुरा अब विदेश कलङ्क नै होस्
त्यो सम्झने तिथि नहोस् न दिनाङ्क नै होस्
 
दु:साध्य रोग जुन होस् , उपचार होस् यहीँ
होस् उन्नति - प्रविधि भव्य सुधार होस् यहीँ
लागोस् समग्र सरकार जुटोस् तुरुन्त नै
खर्चोस् प्रशस्त धन शिल्प उठोस् तुरुन्त नै
 
नेपाल स्वास्थ्य - नगरी,हुन सक्छ विश्व को
सम्पूर्ण रोग सहजै , धुन सक्छ विश्व को
यो देश को प्रकृति नै पनि स्वास्थ्य कारक
हावा छ शुद्ध हर रोगहरू निवारक
 
हाम्रो प्रबुद्ध जनशक्ति नहोस् पलायन
होस् देश भित्र नव - सिर्जन को चलायन
नौला कला नव विचार सबै समेट्नुछ
दु:साध्य जे जति छ रोग , समस्त मेट्नुछ
 
नेतृत्व ले प्रण गरोस् , "म विकास गर्दछु"
स्वास्थ्योपचार विधि को ,"म प्रकाश छर्दछु"
"सम्पूर्ण विज्ञ - जन साथ लिएर बढ्छु म"
"नेपाल उन्नत बनोस् दिनरात खट्छु म"
 
स्वास्थ्योपचार दिन उच्च - प्रबन्ध गर्नुछ
अन्यत्र जान सब ले अब बन्द गर्नुछ
होस् अस्पताल सुविधामय देश भित्र नै
सेवा मिलोस् सकल रोग हटून् तुरुन्त नै

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016