उसले कसरी गायो , कोयली सँग सोध है !
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

उसले कसरी गायो , कोयली सँग सोध है !
कसरी फूल मुस्कायो , पुतली सँग सोध है !!
 
सौन्दर्योपासना गर्ने , कवि को मन हो भने !
शृङ्गार कसरी गर्ने , त्यो कली सँग सोध है !!
 
भनेन दिन या रात , भोक प्यास भनेन ऊ ।
ऊ आई कसरी रोयो , त्यो गली सँग सोध है !!
 
प्रेमी पागल का बीच , थियो बन्धन बार त ।
जोडी ले कसरी नाघ्यो , बार्दली सँग सोध है !!
 
गाईजात्रा बनाएर , देश को दु:ख दुर्दशा ।
कस्तो नाटक देखायो , डबली सँग सोध है !
 
बाँझो छ फोर्न गाह्रो छ , देश को मृत्तिका भने ।
जोत्ने हो कसरी खेत , त्यो हली सँग सोध है !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016