ऊ मूर्ति हो हेर्दछ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

आँधी आउँछ काल को कहर झैँ , ऊ मूर्ति हो हेर्दछ
बाढी आउँछ मृत्यु झैँ प्रलय झैँ , ऊ मूर्ति हो हेर्दछ
पानी को विकराल पीर छ कहीं , ऊ मूर्ति हो हेर्दछ
देशै दीन - दुखी अधीर छ जहीँ , ऊ मूर्ति हो हेर्दछ
 
कौवा आउँछ दूर को र शिर मा , बिष्ठ्याउँदै बस्दछ
चीभे आउँछ टल्किंदै र शिर मा , मुत्र्याउँदै बस्दछ
नङ्ग्रा गाड्दछ अस्मिता तिर कतै , ऊ मूक भै हेर्दछ
चुच्चो धस्दछ काँध मा उदर मा , ऊ मूक भै हेर्दछ
 
हिंड्छन् नित्य शरीर माथि कमिला,ऊ मूर्ति हो खप्दछ
लाग्छन् संस्कृति धर्म माथि धमिरा,ऊ मूर्ति हो खप्दछ
जो आऊन् र जसो गरून् अधर नै,खोल्दैन ऊ मूर्ति हो
हाहाकार गरून् जलून् शहर नै , बोल्दैन ऊ मूर्ति हो
 
हात्ती का सरि कान छन् ; मुलुक को चीत्कार सुन्दैन ऊ
टाठो बुद्धि छ अन्त को अगतिलो , दुत्कार बुझ्दैन ऊ
हेला या उपहास बाट कहिल्यै , आत्तिन्न ऊ मूर्ति हो
उठ्नै पर्छ उँभो भनेर कहिल्यै , तात्तिन्न ऊ मूर्ति हो
 
जान्छन् नित्य युवा अरू मुलुक मा , ऊ मूर्ति हो हेर्दछ
फर्कन्छन् कति लाश भैकन युवा , ऊ मूर्ति हो हेर्दछ
चेपिन्छन् महिला तिरस्कृत बनी , ऊ मूर्ति हो हेर्दछ
मारिन्छन् युवती बलात्कृत बनी , ऊ मूर्ति हो हेर्दछ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016