ए दिदी ! जानकी !
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

ए दिदी ! जानकी ! हेर आएँ म त
भेट्न लाई कहाँ बाट धाएँ म त
नम्रता बाट हुन्छ्यौ खुशी यो सुनें
गर्बिलो चित्त खाली गराएँ म त
 
मास कैयौं गए सास कैयौं गए
काल कैयौं बिते साल कैयौं बिते
भेट्न इच्छा थियो आज पूरा भयो
चित्त को प्यास मेटी रमाएँ म त
 
विघ्न की बाधिका ! सत्य की साधिका !
हौ तिमी इन्द्र - ब्रह्मादि आराधिका !
भक्ति आह्लादिनी हौ तिमी यो सुनी
भक्ति को द्वार नौलो सजाएँ म त
 
ए दिदी ! शक्ति हैनौ र श्रीराम की ?
साँच्चिकै हेतु हैनौ र सङ्ग्राम की ?
धैर्य की मूर्ति हौ चेतना - स्फूर्ति हौ
भाइ हूँ काख पाई निदाएँ म त
 
पाउ मा पर्न आएँ दिदी हेर है !
भाइ को दुर्दशा आज नै फेर है !
राख है साथ मा या हटाऊ तिमी
पाउ तिम्रा दुई नै समाएँ म त

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016