कर्तव्यवान् बन्छु म
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

चाहे पर्वत भत्किईकन खसोस् , यो जिन्दगी माथि नै
चाहे काल कराल भैकन पसोस् , यो जिन्दगी भित्र नै
गर्जून् बादल चित्त को गगन मा , शोषेर छाड्नेछु म
जल्दो अग्नि बनी समस्त विपदा,झोसेर छाड्नेछु म
 
चाहे झर्न परोस् महानरक मा , बाटो बिराउन्न म
चाहे मर्न परोस् यसै सडक मा , माटो पिराउन्न म
छन् कर्तव्यहरू अनेक मुटु मा , सम्पन्न ती गर्नुछ
छन् गन्तव्यहरू कडा किसिम का,सङ्घर्ष ले चढ्नुछ
 
छेडून् ताप बनेर झीर मन मा , तात्तिन्न तात्तिन्न म
भेदून् कष्ट बनेर तीर मन मा , आत्तिन्न आत्तिन्न म
मेरो जीवन अग्नि हो हर कुरा , खाई पचाई लिने
बर्षून् वज्र बनेर पीर मन मा , बात्तिन्न बात्तिन्न म
 
घोटिन्छन् जति शस्त्र शान सँग नै,झन् धारिला बन्दछन्
पोलिन्छन् जति स्वर्ण अग्नि बिच मै,झन् तेजिला बन्दछन्
उस्तै सङ्कट बाट मानिस अझै,खारिन्छ चम्किन्छ झन्
पीडा कष्ट पिएर मानिस उँभै , दौडिन्छ लम्किन्छ झन्
 
गाली खान परोस् ; म सत्य पथ मै , हिँड्नेछु यो सत्य हो
हेला खप्न परोस् ; स्वधर्मरत भै , भिड्नेछु यै सत्य हो
मेरा लागि छ तुच्छ मान - पदवी , त्यो निम्ति धाउन्न म
आफ्नो स्वार्थ निमित्त दुष्ट- जन को , वेदान्त गाउन्न म

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016