कवि कृष्ण लाई सुझाव
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

के विज्ञापन गर्नु पर्दछ कुनै , हीरा मुँगा स्वर्ण को ?
के व्याख्या गरिराख्नु पर्दछ महान्,ॐकार को वर्ण को ?
देऊ हे कवि कृष्ण ! काव्यिक - सुधा, गर्दै तपस्साधना
गर्लान् उत्तम -पान ती पथिक ले , भर्दै महान् भावना
 
झर्ना झर्झर स्वच्छ बग्दछ भने , को पान गर्दैन र ?
मीठा सुन्दर फल्दछन् फल भने , को खान खोज्दैन र ?
कैयौं बार लिऊँ लिऊँ सरि हुने , होस् काव्य मीठो फल
बारम्बार पिऊँ पिऊँ सरि हुने , होस् काव्य गङ्गाजल
 
होस् तीतो तर ओखती सरि बनोस् ,पीडा हटाओस् सधैं
होस् पीरो तर स्वादिलो रस बनोस् , क्रीडा बढाओस् सधैं
देऊ दिव्य कला सबै मुटु छुने , हे काव्य का बालक !
देऊ काव्य महान् नवै रस हुने , सत्काव्य का पालक !
 
तिम्रा काव्य पढेर देश दुनियाँ , जागोस् जुटोस् कर्म मा
तिम्रा शब्द सुनेर शेष जनता , लागोस् छिटो धर्म मा
होऊन् बाण समान तीव्र गति का , ती शब्द तिम्रा बुझ
विद्युत् झैँ अति तेजिला चहकिला , सत्काव्य तिम्रा बुझ
 
आफ्ना भाव विचार मार्मिक बनून् , यो ख्याल गर्नू तिमी
मान्छे नास्तिक हैन धार्मिक बनून् , यो ख्याल गर्नू तिमी
छाडी मार्ग कुमार्ग तर्फ नबढून् , कर्तव्य मा लम्कियून्
सच्चा कर्म गरेर यो अवनि को , तारा बनी चम्कियून्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016