कवि
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जो धारा विपरीत गर्छ जग को , पक्का उही हो कवि ।
जो तारा नभ बाट झार्छ सहजै , सच्चा उही हो कवि ।।
सन्ध्या प्रात र प्रात साँझपख जो ,गर्दिन्छ त्यो हो कवि ।
जस्तै होस् खतरा कि अग्निपथ होस् ,तर्दिन्छ त्यो हो कवि ।।
 
गर्दै जो विष पान मर्छ ; जग को कल्याण का खातिर ।
छर्दै अमृत बिन्दु ,हिँड्छ सब को उत्थान का खातिर ।।
ऊ सच्चा कवि हो अनन्त युग को सन्ताप मेटाउने ।
ऊ नै हो वरदान सत्य शिव को,सौन्दर्य भेटाउने ।।
 
ऊ चाहन्छ सधैं मरुस्थल छिरी,राजीव फक्राउन ।
ऊ चाहन्छ समुद्र को जल चिरी,दावाग्नि सल्काउन ।।
सानो ईश्वर हो कवि प्रकृति को,ऊ कल्पना को धनी ।
आफ्नै सुन्दर सृष्टि रच्छ उसले,हो सिर्जना को मणि ।।
 
वाणी अद्भुत हुन्छ,गीत उसको मानौं कुनै जादु हो ।
कस्तो हार्दिक हुन्छ प्रीत उसको ,मानौं सुधा-स्वादु हो ।।
मुर्दा मा पनि सास फुक्दछ भने,त्यो उम्लिँदै हाँस्दछ ।
छोए कायर को निधार कवि ले , ऊ गर्जिँदै नाच्दछ ।।
 
भट्टी झैँ दिनरात पोल्दछ अहं , अज्ञान कालो हरी ।
बत्ती भैकन नित्य जल्दछ स्वयं , नौलो उज्यालो छरी ।।
हीरा - रत्न लुटाउँदैछ उसले , पाउन्न केही तर ।
स्वार्थी यो दुनियाँ छ गीत उसको , गाउन्न है सुन्दर ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016