कालो घाम
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

लाग्ला घाम भनेर आश गरियो , आवास मा गोष्ठ मा
हट्ला रात भनेर प्यास भरियो , उछ्वास मा ओष्ठ मा
कालो घाम बनेर देखिन गयो , के गाउँ टल्काउँथ्यो
भ्रष्टाचार अथाह लेखिन गयो , के नाउँ चम्काउँथ्यो
 
काला बादल चिर्न दक्ष नहुने , त्यो घाम को काम के ?
झाडी जङ्गल छिर्न लक्ष्य नलिने , त्यो घाम को काम के ?
दागै दाग छ घाम मा यदि भने , के ले उज्यालो दिने ?
कालो घाम बनेर यो भुवन मा , के को अँध्यारो लिने ?
 
घोकेको कति हो अधोमति भई , पाए हुने सन्मति
खोकेको कति हो अधोगति भई , खाए हुने ओखती
कालो घाम छ देश का शहर मा , ऊ भोग मा लिप्त छ
कालो घाम छ आज गाउँ घर मा , ऊ लाञ्छना युक्त छ
 
दुष्टात्मा सँग मिल्छ घाम अहिले , ऊ आज अर्कै भयो
भ्रष्टात्मा सँग खेल्छ घाम अहिले , ऊ आज चर्कै भयो
सच्चा व्यक्ति रुचाउँदैन उसले , गर्दैछ ऊ झन् छल
राम्रो कत्ति पचाउँदैन उसले , बन्दैछ ऊ निष्फल
 
ब्रह्माण्डै भरि भेदभाव पहिले , गर्दैनथ्यो घाम ले
संसारै भरि पक्षपात कहिल्यै , गर्दैनथ्यो घाम ले
के ले दूषित चेतना हुन गयो , यो घाम को लौ भन
के ले कुत्सित भावना लिन पुग्यो , यो घाम ले लौ भन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016