कि त त्रिशूल हान न
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

शिव ! जटा चुँडाउँदै
घन - घटा उडाउँदै
पस न चित्त मा तिमी
बस न नित्य नै तिमी
 
छु अझ कृष्ण - मेघ मा
प्रबल काम - वेग मा
दमित होस् दया गर
अब त हे महेश्वर !
 
किन म मन्द मन्द छु ?
अझ म अन्ध अन्ध छु ?
प्रखर दीप बाल न
हृदय यो उज्याल न
 
शिव ! तिमी समुद्र हौ
अतुल उग्र रुद्र हौ
विषय भस्मसात् गर
हृदय आत्मसात् गर
 
म सँग दुष्ट दक्ष छन्
अति निकृष्ट पक्ष छन्
गर न ध्वंस हे शिव !
हर न हंस हे शिव !
 
विष गनी नसक्नु छन्
तुस भनी नसक्नु छन्
शनि - दशा निखार न
सब नशा उतार न
 
विषय माथि चित्त छ
मति उहीँ प्रवृत्त छ
कि त महेश ! तान न
कि त त्रिशूल हान न

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016