के बाँच्नु खै जीवन
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

विद्या,बुद्धि-विवेक छैन गतिलो , अज्ञान को रोग छ !
शिक्षा,शास्त्र र शिल्प छैन मन मा , सम्मान को भोक छ !!
नौलो सोच र सिर्जना रहित भो , रित्तै भयो चेतन !
यस्तो जीवन बाँच्नु हो यदि भने , के बाँच्नु यो जीवन ?
 
आफ्नो देश छ भोक को भँवर मा , उद्योग छैनन् कुनै !
सीमातीत अभाव छन् मुलुक मा , आरोग्य छैनन् कुनै !!
यस्तो दीन दशा बुझे पनि अहो ! आत्तिन्न स्वार्थी मन !
व्यर्थै जीवन बाँच्नु हो यदि भने , के बाँच्नु यो जीवन ?
 
गाडी छन् यतिका परन्तु तिनको , बन्दैन पुर्जा यहाँ !
खानी छन् अनमोल यो मुलुक ले , खन्दैन ऊर्जा यहाँ !!
माटो मा पसिना भिजाउन सके , के हुन्न उत्पादन ?
खेल्ने तास परन्तु काम नगरी , के बाँच्नु यो जीवन ?
 
खोला छन् हिमताल छन् तर यहाँ , छन् शुष्क घाँटीहरू !
छैनन् स्वार्थ अहम् तिलाञ्जलि दिने , व्यक्तित्व आँटीहरू !!
बेचिन्छन् नकटा प्रशासक जहाँ , के गर्नु खै क्रन्दन ?
यस्तो जीवन बाँच्नु हो यदि भने , के बाँच्नु खै जीवन ?
 
वर्षौं बेचिदिने समस्त बिजुली , देशै अँधेरो गरी !
ढाडै सेकिदिने अपाहिज गरी , चारो र छारो छरी !!
यस्ता घातक जीव छन् मुलुक मा , होलान् र उन्मूलन ?
केही गर्न सकिन्न लौ यदि भने , के बाँच्नु खै जीवन ?

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016