कोही त तातून् यहाँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

केही सिंह समान साहस हुने , छोराहरू चाहियो
केही अर्जुन भीम कृष्ण सरि का , योद्धाहरू चाहियो
ती ब्वाँसा र हुँडार स्याल दल मा , आतङ्क मच्चाउने
केही बाघ समान तागत हुने , जोधाहरू चाहियो
 
भ्रष्टाचार उराल्न नीति तह मै , जाग्नेहरू छन् यहाँ
अत्याचार उकास्न भूमिगत भै , लाग्नेहरू छन् यहाँ
तेस्ता बीच छिरेर निर्दय बनी , उठ्नेहरू चाहियो
आग्नेयास्त्र भिरेर हिम्मत गरी , जुट्नेहरू चाहियो
 
आफ्ना ओठ सिएर बन्द नगरून् , विद्रोह बोली गरून्
तातो आँशु पिएर मात्र नबसून् , बारूद गोली बनून्
हो के बोट बनेर नित्य सहने , काट्दा र भाँच्दा पनि ?
हो के भोट बनेर मात्र रहने , लुछ्दा र लाछ्दा पनि ?
 
चक्रव्यूह र जाल तोड्नुछ यहाँ , कोही महावीर भै
जाली दुष्ट दिवाल फोड्नुछ यहाँ , विस्फोट गम्भीर भै
केही उर्वर तप्त रक्त रसिला , यो देश मा चाहियो
केही सुन्दर देश भक्त गतिला , यो देश मा चाहियो
 
ज्वाला माथि चढोस् फलाम तब पो , पग्लन्छ केही हुन
आगो खान बढोस् फलाम तब पो , उम्लन्छ केही हुन
कोदाला घन बन्चरा र हँसिया , कोही त तातून् यहाँ !
स्वेच्छाचार विरुद्ध ताण्डव गरी , कोही त मातून् यहाँ !

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016