कोही किन बुझ्दैन यहाँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

काफल पाक्यो भन्छ चरी ले ,
कोही किन सुन्दैन यहाँ ?
निम्तो दिन्छिन् प्रकृति परी ले ,
कोही किन बुझ्दैन यहाँ ?
 
खेल्छन् गला मिलाई लहरा,
मायाँ साट्दै परस्पर
झेल्छन् आँधी भुमरी पहरा ,
कोही किन हेर्दैन यहाँ ?
 
कलकल बग्दै भन्छ नदी ले ,
सागर हुन अब लम्क न है
फुल्नुछ फल्नुछ भन्छ कली ले ,
कोही किन फुल्दैन यहाँ ?
 
रचना गर्दै मह महुरी ले ,
भन्छन् जुट सब एक बन
उठ उठ भन्दछ हिमचुचुरी ले ,
कोही किन उठ्दैन यहाँ ?
 
छायाँ दिन्छन् तरु अवली ले,
रसमय फल पनि दिन्छन् ती
मायाँ गर्छिन् बरु धरती ले ,
कोही किन गुन्दैन यहाँ ?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016