खाडी बाट बिलौना
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

तिम्रो सुन्दर नाम नित्य दिल मा,लेखेर बस्दैछु म ।
तिम्रो मोहक मूर्ति यो नयन मा,राखेर बाँच्दैछु म ।।
यो तातो मरु मा छु आज म हरे ! छन् बाध्यता का कथा ।
मान्छे छन् दिल छैन यो मुलुक मा,छन् आपदा या व्यथा ।।
 
ती झर्ना छहरा र ताल गहिरा,ती नागबेली नदी ।
ती पाखा पहरा पहाड रसिला,हाँसीखुशी जिन्दगी ।।
लाग्छन् स्वप्न समान यो मुलुक मा,बज्दैन खै बाँसुरी ।
मात्रै यान्त्रिकता छ यो शहर मा,रम्दैन रानी चरी ।।
 
सेता दाडिम दन्त झैँ रहरिला,अग्ला हिमाली छटा ।
काला नीलिम केश झैँ लहरिला,सङ्ला पहाडी घटा ।।
एस्तै याद गरेर छर्छु पसिना,यो देश मा आज म ।
अर्पेको छु बलिष्ठ बाहु यसरी ,यो देश को माझ म ।।
 
थोरै दाम त्यहाँ हुँदा पनि यहाँ,के निम्ति पो आउँथेँ ?
सानै काम त्यहाँ हुँदा पनि यहाँ,के निम्ति पो धाउँथेँ ?
लाखौं लाख युवा यहीँ श्रम गरी,बस्छन् बिचारा बनी !
नौला स्वप्न सजाउँदै गगन का,बस्छन् सितारा गनी ।।
 
बस्थेँ खेत कमाउँदै ॠण मिले,सस्तो गरी ब्याज मा ।
सिँच्थेँ धाक जमाउँदै म पसिना,नेपाल को माझ मा ।।
हुन्थ्यो देश निमित्त नीति बलियो,बस्थेँ म नेपाल मा ।
गर्थेँ उद्यम यत्न पूर्वक जुनै, मर्थेँ म नेपाल मा ।।
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016