खुट्टा उचाली बढौँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

माटो गन्धक ले तथा गरल ले,खप्नै नसक्ने भयो ।
बाटो फोहर ले हिलो र मल ले,हिँड्नै नमिल्ने भयो ।।
हाम्रो दूषित राजनीति छल को,उत्तुङ्ग चुच्चो बन्यो ।
पार्टी मा दल मा निकृष्ट खल को,व्यक्तित्त्व उच्चो बन्यो ।।
 
काया फेर्नु छ भन्दथ्यौ मुलुक को,क्या जोश भर्थ्यौ हिजो ।
मास्छौँ दु:ख दरिद्रता सब भनी,उद्घोष गर्थ्यौ हिजो ।।
त्यो बोली अब के भयो र जनता,झुक्याउँदै छौ अब ?
आमा का पिँडुला र ढाड शिर मा,मुक्याउँदै छौ अब ?
 
होलान् जो पथभ्रष्ट यो मुलुक मा,ती पर्छ रित्याउन ।
होलान् जो नकटाहरू मुलुक मा,ती पर्छ सिद्ध्याउन ।।
हावा दूषित पार्छ जो मुलुक को,सम्पन्नता रोक्द छ ।
पाता कस्नुछ ढाड भाँच्नुछ छिटो,जो भ्रष्टता बोक्द छ ।।
 
जालो च्यात्नु छ माफिया र डन को,नेपाल निर्माण मा ।
आगो बाल्नु छ ती कपूत जन को,सम्मान मा शान मा ।।
खुट्टा देख्नु छ सर्प को अब छिटै,त्यो तस्करी रोक्नु छ ।
आफ्नो जे जति शक्ति हो मुलुक कै,निर्माण मा झोँक्नु छ ।।
 
हाम्रा पाउ फलाम का हुन पुगून्,गन्तव्य चुम्ने भए ।
इच्छाशक्ति कलाम का हुन पुगून्,सर्वोच्च बन्ने भए ।।
सारा ती व्यवधान-कण्टकहरू,फाँडी उकाली चढौँ ।
आशादीप जलाउँदै सुर लिँदै,आत्मा उचाली बढौँ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016