खोला झैँ दिनरात हिँड्नुछ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मेला जीवन हो सयौं किसिम का , मान्छे यहीँ मिल्दछन् ।
झेला जीवन मा हुँदा मनुज ले , पीडा सयौं निल्दछन् ।।
भेटिन्छन् कति व्यक्ति एकछिन मा,भुल्नै नसक्ने गरी ।
भैदिन्छन् कति शूल झैँ हृदय मा,घुल्नै नसक्ने गरी ।।
 
यो संसार विचित्र को विपिन हो , कैले यहाँ फूल छन् ।
कैले जीवन का विशाल वन मा , पीडा दिने शूल छन् ।।
कैले जीवन हास्य हो र सुख हो , कैले व्यथा - मूल हो ।
कैले निर्मल शारदीय नभ हो , कैले धुवाँ - धूल हो ।।
 
जे जे घट्नुछ घट्छ यो भुवन मा , त्यो रोक्न को सक्छ र ?
ब्रह्माण्डीय विशालता छ नभ मा, त्यो जोख्न को सक्छ र ?
लेखेको यदि छैन भाग्य बिच मा , ती भेटिइन्नन् यहाँ ।
जागेका कति प्यास छन् हृदय मा , ती मेटिइन्नन् यहाँ ।।
 
खोला झैँ दिनरात हिँड्नुछ सखे ! खोज्दै महा सागर ।
ठूलो लक्ष्य लिएर भिड्नुछ सधैं , बोकी नयाँ जाँगर ।।
बाटो भुल्नु हुँदैन कत्ति जन ले , जेजे भनून् जोसुकै !
माटो भुल्नु हुँदैन कत्ति मन ले , जाऔँ जहाँ जोसुकै ।।
 
मान्छे ले अभिमान कत्ति नगरोस् , सम्मान सम्पत्ति को ।
आँफै मा अतिरिक्त शान नभरोस् , सामर्थ्य या शक्ति को ।।
झर्छन् पात बनेर ती सब कुरा , उड्छन् धुवाँ धूल भै ।
जो हुन्छन् विनयी विचारक महान् , ती फुल्दछन् फूल भै ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016