गर्दैनौं यदि काम उत्तम भने
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हिँड्ने हो तरबार मा मुलुक को , गर्दै सुरक्षा अब ।
चढ्ने हो हर उन्नति प्रगति का , सर्वोच्च कक्षा अब ।।
जो छन् चण्ड र मुण्ड झैँ खलहरू,खोजौँ र पाता कसौँ ।
जो छन् दीनदुखी र दुर्बलहरू , आत्मीय नाता कसौँ ।।१
 
तोड्नैपर्छ समाज का भ्रमहरू , आँखा उघारीकन ।
गर्नैपर्छ कडा परिश्रमहरू , ऊर्जा उमारीकन ।।
जोड्नैपर्दछ कर्म मा कर दुवै , आलस्य फालीकन ।
मोड्नैपर्दछ आज को युग अझै , उत्साह पालीकन ।।२
 
सत्साहित्य रचौं र मङ्गल गरौं , कल्याणकारी बनौं ।
माटो ईश्वर हो बुझौं र यसको , सच्चा पुजारी बनौं ।।
आफ्ना सीप कला र जाँगर सबै , यै देश मा खर्चिऔँ ।
श्रद्धा भक्ति इमान आदर सदा , यै देश मा अर्पिऔँ ।।३
 
जोडौँ छिन्न र भिन्न जाति सब नै , माला बनौं देश का ।
तोडौँ क्लेश विभेद का गिरिगुफा ,भाला बनौं देश का ।।
ऊर्जा को हर बिन्दु बिन्दु सब को , लागोस् यसै देश मा ।
मीठो सिर्जनशीलता सबलता , जागोस् यसै देश मा ।।४
 
छल्ने तत्त्व यहाँ निकै प्रबल छन् , जाग्ने तयारी गरौं ।
ती एकत्व कता कता विफल छन् ,झन् होशियारी गरौं ।।
मीठो ल्याप्प चटाउलान् र सहजै ,नङ्ग्याउलान् सोच्नुछ ।
हाम्रो बुद्धि फटाउलान् मुलुक नै , बङ्ग्याउलान् सोच्नुछ ।।५
 
चुम्ने लक्ष्यहरू निकै विकट छन् , हेरी उकाली चढौँ ।
भिड्ने पक्षहरू हदै कठिन छन् , मुड्की बजारी लडौँ ।।
साँच्चै भूत बनेर देश हित मा , केही न केही गरौं ।
गर्दैनौं यदि काम उत्तम भने , लाजै पचाई मरौँ ।।६

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016