गर्नू सधैं मोज नै
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

आँखा के दिनुहुन्छ भो न दिनुहोस् ,चौतर्फ छन् उद्यमी ।
चिन्ता के लिनुहुन्छ भो न लिनुहोस् ,के का यहाँ छन् कमी ?
खेती मा अनुदान उच्च दिनु भो,बाली बढ्यो अद्भुत ।
यो देशै भरि खाद बीज दिनु भो,लाली चढ्यो अद्भुत ।।

आर्जेका अनमोल अन्न फल ती,बेचिन्छ संसार मा ।
खोला भै बहने अपार जल ले,सेचिन्छ संसार मा ।।
बेच्छौँ पेय असङ्ख्य ताल झरना,निर्धो कहाँ देश छ ?
छन् उद्योग महान्;महान् छ रचना ,गिर्दो कहाँ देश छ ?

बाढी आउँछ बन्दछन् घर नयाँ ,तत्काल हाम्रो यहाँ ।
पैह्रो जान्छ तुरुन्त बन्दछ यहाँ , आवास राम्रो नयाँ ।।
लाखौं लाख यहाँ बनाउनु भयो,भूकम्प पश्चात् घर ।
खट्ने , उत्तम कर्म मा हजुर झैँ ,अन्यत्र को पो छ र ?

कार्खाना पनि छन् शयौं किसिम का, बेरोजगारी कहाँ ?
भ्रष्टाचार छ शून्य भित्र अहिले ,कालोबजारी कहाँ ?
नेपाली जन भावना र कविता ,भाषा तपाईं त हो ।
लाखौं लाख विदेशिने युवक का,आशा तपाईं त हो !।

नारी वस्तु समान बेचिन गए,के निम्ति चिन्ता लिने ?
हड्डी देश विदेश घोटिन गए , के निम्ति सुर्ता लिने ?
आशा गर्छ गरोस् सदैव जनता , गर्नू सधैं मोज नै ।
भाषा मर्छ मरोस् ; नयाँ महल मा ,गर्नू सधैं भोज नै ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016