गाई
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

पढाइ मा ध्यान दिनै नपर्ने
नयाँ नयाँ ज्ञान लिनै नपर्ने
गाई ! तिमी कत्ति सुबासिली छौ
रमाइली छौ र मिजासिली छौ
 
बाच्छी छ सानी र सँगै छ चर्दै
चाटेर मायाँ पनि खूब गर्दै
दिन्छ्यौ तिमी नै ममता अनौठो
सुस्वास्थ्य साथै क्षमता अनौठो
 
दुई वटा छन् सिङ जुध्न लाई
छन् चार खुट्टा पनि हिँड्न लाई
लामो छ है पुच्छर एक तिम्रो
राम्रो छ है ज्यान अनेक तिम्रो
 
तिम्रो र हाम्रो गहिरो छ नाता
लक्ष्मी तिमी हौ प्रिय पूज्य माता
दिन्छ्यौ तिमी तागतयुक्त दूध
त्यो स्वादिलो पौष्टिक हुन्छ खूब
 
सेतो कि कालो छ कपाल तिम्रो
छ लर्किएको गलमाल तिम्रो
आँखा तथा कान दुई दुई छन्
गाला जुरा आङ उही उही छन्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016