घर बनाउनु छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

भित्तो देख्दछु चर्कँदो छ घर को,भत्कन्छ भत्कन्छ झै ।
पीँढी हेर्दछु सर्कँदो छ घर को,लत्कन्छ लत्कन्छ झैँ ।।
छाना हेर्न पुगेँ भने गगन को , देखिन्छ तारागण ।
एस्तो हाल छ के गरूँ र कसरी , हाँसूँ तिमी नै भन ?
 
आँधी आउँछ बारबार घर का , खाँबा बला भाँच्दछ ।
उल्का छाउँछ व्यङ्ग्य गर्छ ननिको,लाखे बनी नाच्दछ ।।
यो शैली अविराम चल्छ घर मा , छाइन्न छानो यहाँ ।
पिस्सिन्छन् घर का सदस्य जति छन् ,बन्छन् अचानो यहाँ ।।
 
लाग्छन् घाम परन्तु रात घर मा , उस्तै छ हाम्रो किन ?
उल्कापात र वज्रपात घर मा ,उस्तै छ हाम्रो किन ?
हाम्रो आँगन धूलि - धूसर हुने , यो के अभिश्राप हो ?
हाम्रै हात र पाउ जर्जर हुने , यो के महा पाप हो ?
 
हामी भोलि बनाउँछौँ घर भनी , यौटा करायो यता ।
हामी भव्य गराउँछौँ घर भनी , अर्को करायो उता ।।
तानातान हुँदा - हुँदै समय ले , काटेर नेटो गयो ।
बन्ने आश लिँदा - लिँदै युग बित्यो , यो के भयो के भयो !!
 
अर्को छैन विकल्प आज घर को , निर्माण भन्दा पर ।
कामै गर्न हुँदैन अन्य , घर को निर्माण भन्दा पर ।।
मायाँ ले मुटु ले बनाउनु छ यो , आत्मीय हाम्रो घर ।
सच्चा शिल्प - कला दिएपछि भने , बन्नेछ यो सुन्दर ।।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016